Logo

खुसीको खबर ; चीनमा कुनै पनि नयाँ कोरोना संक्रमित भेटिएनन्

चिनियाँ सरकारी अधिकारीहरुका अनुसार चीनमा कुनै पनि कोरोना भाइरस बिरामीको नयाँ केस देखिएको छैन । चीनमा कोरोनाको महामारी सुरु भएपछिको आज यो पहिलो दिन हो जुन दिन कुनै पनि कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छैनन् ।बुधबारको तथ्यांकलाई हेर्ने हो भने कोरोनाको उद्गम स्थल मानिने वुहार र हुबेई प्रान्तमै कुनै पनि कोभिड-१९ को संक्रमण नभेटिएको हो । यद्यपि, अधिकारीहरुले कोरोनाको जोखिम अझै पनि जीवित रहेकोले हेलचेक्र्याईं नगर्न सचेत गराएका छन् ।

बुधबार ३४ जना नयाँ कोरोना संक्रमणका बिरामीहरु त भेटिए तर ती सबै विदेशीहरु रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । ३४ मध्ये २१ जना बेइजिङमा र ९ जना दक्षिणी औद्योगिक हब गुआङडोङमा कोरोना संक्रमित विदेशी मानिसहरु भेटिएका हुन् ।बुधबार ९ जना मानिसहरुको चीनमा कोरोनाका कारण मृत्यू भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । अहिलेसम्म चीनमा ८०९२८ जनालाई कोरोना संक्रमण भएको छ भने ३२४५ जनाको ज्यान गइसकेको छ ।

यद्यपि, हुबेईमा कुनै पनि नयाँ कोरोना सङ्क्रमित नभेटिनु कोरोनाविरुद्धको लडाईंमा ठूलो उपलब्धि भएको विश्वास गरिएको छ ।लामो समयदेखिको कडा प्रयत्नको फलस्वरुप आज हामीले कोरोनाको शून्य संक्रमण भेटेका छौं,’ राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ट इन्सपेक्टर जिआओ याहुईले भने ।हुबईका रोग नियन्त्रण केन्द्रका अधिकारी लि याङले पत्रकार सम्मेलन गर्दै अझै पनि कोरोना संक्रमणको सम्भावना रहेको र सचेत रहनुपर्ने बताए ।

वुहान जनवरीदेखि नै कडा प्रतिबन्धमा छ र त्यहाँ जान आउन विशेष अनुमतिको आवश्यकता पर्दछ ।

प्रतिक्रिया दिनुहोस्