लामो दूरीका रुटमा मोटरसाइकल पनि चलाउन पाइन्न : यातायात व्यवस्था विभाग
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् । यो घोषणासँगै कुन कुन सवारी साधन कहाँकहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।
जस्तो निजी सवारी साधन लिएर जान पाइन्छ कि पाइँदैन ? लामो रुट कुा कुन हुन् ? आदि । यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’
लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ । महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालमा यात्रुबहाक सवारी चलाउन पाइने छैन ।