Logo

युरोपमा १० करोड मानिस ‘लकडाउन’ ! हेर्नुहोस् फोटोहरु

युरोपमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा १० करोड मानिसहरु आफ्नो घरभित्रै ‘लकडाउन’ भएका छन् । यहाँका देशको अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् । बार र रेष्टुरेण्टहरु पूरै बन्द भएका छन् । शहरका बासिन्दाहरु सबै घरभित्रै बसेपछि स्पेन, जर्मनी, युक्रेन र सर्बियाका शहरहरु भूताहा शहरजस्ता भएका छन् । युरोपमा मात्र कोरोनाभाइरसले २ हजारभन्दा धेरैको ज्यान लिइसकेको डेलिमेलले लेखेको छ ।

पोल्याण्डले हिजो मात्र जर्मनीबाट आफ्नो देश प्रवेश गर्न चाहेका सयौं मानिसलाई सीमामै रोकेको छ । चेक रिपब्लिकबाट आएकाहरुलाई पनि पोल्याण्डको पुलिसले फर्काइदिएको छ । वार्सा चोपिन विमानस्थल र जोन पल २ कार्को बालिस अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द गरिएका छन् । युक्रेनबाट दक्षिणपूर्वी पोल्याण्डको शहर कोर्जोवा जान लागेका सयौं वाहनलाई रोकिएपछि सडकमा गाडीको लाइन लागेको छ ।

जर्मनीले आफ्ना दक्षिणी र उत्तरी सीमा आजदेखि बन्द गर्ने घोषणा गरेको छ । फ्रान्सले पनि देशभित्र सवारी संचालन नियन्त्रण गर्ने निर्णय गरेको छ । युरोपको सबैभन्दा संकटग्रस्त इटलीले डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ । यहाँ २४ घण्टामै ३५९० नयाँ संक्रमित भेटिएका छन् । यहाँ कूल संक्रमित २४ हजार ७४७ पुगेका छन् । ‘यो तरंग होइन सुनामी हो’ मोन्जा अस्पतालको इन्टेन्सिभ केयरका इन्चार्ज डा. रोबर्टो रोनाले भने ।

प्रतिक्रिया दिनुहोस्