Logo

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३० नाघ्यो, माेदीकाे आह्वानमा ‘जनता कर्फ्यु’ लागु

भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ । प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।

गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्