Logo

नेपालसँग सीमा जाेडिएकाे बिहारमा काेराेनाका कारण एक युवककाे ज्यान गयाे

नेपालसँग सीमा जाेडिएकाे भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ ।
राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती पुरुष मिर्गौलाका बिरामी पनि थिए । परीक्षणका क्रममा उनमा काेराेना भाइरसकाे ‘पाेजेटिभ’ देखिएकाे थियाे ।

योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।
यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए । यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्