Logo

दुखद खबर: कोरोना भाइरस संक्रमणबाट अमेरिकामा बस्दै आएका एक नेपालीको मृ’त्यु

अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृ’त्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृ’त्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए।

उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए। साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस संक्रमणका कारण नि’धन भएको जानकारी उनकी भतिजी अमृता लिम्बूले दिएकी छन्।उहाँले मलाई १५ तारिखमा कोरोना भाइरसबाट जोगिने उपायसम्बन्धी भिडियो पठाउनुभएको रहेछ’, उनले भनिन्, ‘मैले जवाफ फर्काएकी थिइनँ।

कोरोना भाइरसकै कारण उहाँको नि’धन भएको सुन्‍नुपर्‍यो।’ सम्वाहाङ्फेको कोरोना भाइरसकै कारण नि’धन भएको खबर प्राप्त भएको जानकारी रानीगाउँ उपत्यका मिलन समाज परिवारका सचिव विन्देश्‍वर खनालले पनि दिएका छन्। सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यवसायमा संलग्‍न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्