Logo

बेलायतमा पछिल्लो २४ घण्टामा थप ८७ जनाको मृत्यु, अब विश्वका १ तिहाई जनसंख्या लकडाउनमा

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागका अनुसार हालसम्म देशमा ८ हजार ७७ जना संक्रमित फेला परेका छन् भने ४२२ जनाले ज्यान गुमाइसकेका छन् ।

उता, अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४८ हजार ९ जना पुगेको छ । अमेरिकामा हालसम्म यस महामारीबाट ६ सय १ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकाको सबै राज्यमा यो रोग फैलिएको छ ।यता, मंगलबार मध्यरातबाट भारत पूर्ण लकडाउनमा प्रवेश गरेपछि विश्वका २.५ अर्ब जनसङ्ख्या लकडाउनबाट प्रभावित हुनेछन् । यो विश्वको कूल जनसङ्ख्याको एक तिहाई हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्