Logo

खुशीको खबर! कोरोनाभाइरसको ठुलो प्रकोप समाप्त भैसक्यो, अब चाडै नियन्त्रण हुन्छ’- बैज्ञानिक माइकल लेविट

नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटका अनुसार विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको छ । उनका अनुसार कोरोनाभाइरसबाट जतिसम्म खराब अवस्था हुन सक्थ्यो त्यो भइसकेको छ अव विस्तारै यसमा सुधार हुँदै जानेछ । लस एन्जल्स टाइम्ससँग कुरा गर्दै वैज्ञानिक लेविटले भने ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ जताततै डर र चिन्ताको माहोलमा लेविटको यो भनाइले धेरै आशाको संचार गरेको छ ।

उनको बयान यसकारण पनि अहम छ किनकि यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले एकदमै सटिक भविष्यवाणी गरेका थिए । विश्वभरीका तमाम स्वास्थ्य विशेषज्ञहरुले चीनलाई कोरोनाभाइरसमाति नियन्त्रण पाउन निकै लामो समय लाग्ने बताइरहँदा लेविटले यसबारे एकदमै सटिक आँकलन गरेका थिए । लेविटले फेब्रुअरीमा लेखेका थिए ‘हरेक दिन कोरोनाका नयाँ मामिलामा गिरावट देखिएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ ।’

ठ्याक्कै उनको भविष्यवाणी अनुसार हरेक दिन मृत्युको संख्याकमा कमी आउन थाल्यो । विश्वको अनुमानको विपरित चीन छिटै कोरोनाभाइरसमाथि नियन्त्रण पाउँदै फेरि उठ्यो । दुई महिनाको लकडाउनपछि कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुबेइ प्रान्त पनि खुलेको छ । लेविटले चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्युको अनुमान गरेका थिए जबकि अन्य विशेषज्ञले लाखौंमा अनुमान गरेका थिए । लेविटको भविष्यवाणी आजसम्म आइपुग्दा एकदमै सटिक छ ।

अहिले लेविटले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिने भविष्यवाणी गरेका छन् । अहिले ७८ देशमा हरेक दिन कम्तीमा ५० नयाँ संक्रमित देखिएका छन् । यो तथ्यांकको विष्लेषणपछि लेविटले अधिकांश देशहरुमा प्रकोपमा कमी आएको संकेत देखिएको बताएका छन् । उनको गणना हरेक देशमा देखिइसकेका संक्रमितको आधारमा नभइ नयाँ थपिएका संक्रमितको संख्यामा आधारित छ । लेविटले भने ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’

वैज्ञानिक लेविट यो कुरा पनि मान्छन् कि आँकडा अलग हुन सक्छन् र कैयौं देशबाट आधिकारिक आँकडा यसकारण धेरै कम छन् किनकि त्यहाँ परीक्षण कम भइरहेका छन् । यद्यपि उनी मान्छन् कि अधुरो आँकडाका बावजुद लगातार गिरावटको यहप् अर्थ हो कि केही छ जले काम गरिरहेको छ र यो केवल अंकको खेल होइन । उनको यो निष्कर्ष विश्वभरका मानिसहरुको लागि आशाको किरण बनेर आएको छ । लेविट सबै देशबाट कोरोनाभाइरसलाई जरैदेखि समाप्त पार्ने विषयमा पनि जोड दिन्छन् ।

उनका अनुसार सामाजिक दूरी सबैभन्दा जरुरी छ, खासगरी यो कुरा ख्याल गर्नुपर्छ कि ठूलो संख्यामा मानिसहरु एक ठाउँ जम्मा नहोउन् किनकि अधिकांश मानिसहरुमा यो भाइरससँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्नेछ । उनका अनुसार लक्ष्यसम्म पुग्नको लागि सुरुवातमै संक्रमितको पहिचान गर्नु आवश्यक छ । यसका लागि केवल परीक्षणले चल्दैन । यसका लागि बडी टेम्प्रेचर सर्भिलांसको आवश्यकता छ जो चीनले लागू गरिरहेको छ र सुरुवातमै सोसल आइसोलेसन गरिरहेको छ ।

उनका अनुसार इटलीको भ्याक्सिन विरोधी मानसिकता नै शायद बलियो कारण थियो जसका कारण यहाँ भाइरस यति तीव्र रुपमा फैलियो । फ्लु विरुद्ध भ्याक्सिन लिनु जरुरी छ किनकि फ्लुको महामारीका बीच कोरोनाले नराम्रोसँग आक्रमण गर्न सक्छ र अस्पतालमा बिरामीको संख्या बढ्न सक्छ । लेविटले तनाव नियन्त्रण सबैभन्दा महत्वपूर्ण भएको भनेका छन् । २०१३ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जित्ने लेविट कोरोनाभाइरसबाट सुस्त भएको आर्थिक प्रगतिका विषयमा धेरै चिन्तित छन् । डिसी नेपालको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्