Logo

दुखद खबर ; कोरोना महामारीको केन्द्र अमेरिका बन्यो : संक्रमितकाे संख्या एक लाख नाघ्यो, एकै दिन ४ सयकाे मृत्यु

केहिदिन यता अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । अहिले अमेरिका कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ ।अहिले अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिले अमेरिकामा कोरोना संक्रमण हुनेको संख्या १ लाख ४ हजार ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरसका बिरामी १८ हजारभन्दा बढी थपिएका छन् । यसअघि नै विज्ञहरुले न्यूयोर्क राज्य महामारीको केन्द्र बन्ने खतरा रहेको बताएका थिए ।

वल्र्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिका कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । पछिल्लाे २४ घण्टामा मात्रै अमेरिकामा काेराेनाका कारण ४ सय बढीले ज्यान गुमाएका छन् । शुक्रबार बिहानसम्म अेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २९३ थियाे ।कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने शनिबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ३९४ पुगेको छ । चीनमा अहिलेसम्म ३ हजार २ सय ९४ को मृत्यु भएको छ भने करिब ७५ हजार निको भएका छन्।

अमेरिकाकाे राजधानी वासिङ्टनलगायत ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन्। व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ । अधिंकाश प्रमुख सहरमा व्यापार व्यवसाय ठप्प रहेको छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएझैं अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको छ ।

उता इटलीले पनि चीनलाई उछिनि सकेकाे छ । हालसम्म इटालीमा काेराेना संक्रमितको हुनेकाे ८६ हजार ४९८ पुगेकाे छ । यद्यपि मृत्यु संख्यामा पनि इटली सबैभन्दा अगाडि छ, जहाँ कुल ९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।यसरी एकाएक अमेरिकामा नयाँ संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरुमा चिन्ता पनि थपिएको छ । उनीहरुले अमेरिकामा यो संख्या आउँदो अप्रिलसम्म अझै तीव्र रुपले बढ्दै जाने बताएका छन् ।

दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याके
अमेरिकी कंग्रेसले कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याकेजलाई अनुमोदन गरेको छ । कोरोनाको संक्रमणबाट उत्पन्न आर्थिक संकटलाई निस्तेज पार्न ल्याएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्