Logo

दक्षिण कोरियामा कोरोना भाइरस : ४६ हजार नेपाली हालसम्म सुरक्षित

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण वुहानपछि विश्वका अन्य देशमा पनि फैलिन थालेको छ । पछिल्लो समय दक्षिण कोरिया, इरान र इटलीमा भाइरस संक्रमण निकै तीव्र गतिमा फैलिएको छ । हालसम्म कोरियामा रहेका ४६ हजार नेपाली मध्ये कसैलाई पनि संक्रमण भेटिएको छैन । तर, कोरियामा मात्र मृत्युहुनेको संख्या ११ पुगेको छ भने ९ सय ७७ जना संक्रमित भएका छन् ।

कोरियामा कार्यरत् नेपालीहरु आफ्नो काम गर्ने क्षेत्र नजिक र काम गर्ने ठाउँमै बस्ने व्यवस्था रहेको कारण बाहिरी सम्पर्कबाट टाढा रहेका छन् । कोरोनाबाट बच्न कोरिया सरकारले जारी गरेको शतर्कता संदेशहरु फलो गरिरहेका छन् । यसले पनि हालसम्म नेपाली सुरक्षित रहेको गैर–आवासीय नेपाली संघ दक्षिण कोरियाले जानकारी दिएको छ ।

कोरोनाबाट प्रभावित दक्षिण कोरियाली शहरहरु थेगुमा ६ सय २९ जना नेपाली छन् । थम्बुकमा २८ सय ९३ जना छन् । प्रभावित दुइ शहर र त्यहाँ नजिग गरेर करिब ८ हजार नेपाली छन् । भाइरस संक्रमित शहर थेगु नजिकै रहेका नेपालीहरुले अवस्था आत्तिहाल्नु पर्ने नभएको आफुहरु सुरक्षित तवरले काम गरिरहेको न्युज ट्वेन्टी फोलाई बताएका छन् ।

कोरियामा रहेका नेपालीहरुले त्यहाँको स्थितिले भन्दा केही मिडियामा आउने भ्रामक समाचारले त्रसित बनाएको गुनासो पनि गरेका छन् । विश्व स्वास्थ्य संगठनले सबै देशलाई कोरोना भाइरसबाट सचेत रहन आग्रह गरेको छ । कोरियामा बढिरहेको संक्रमणकै कारण नेपाली कामदारहरुको उडान हाललाई रद्द गरिएको छ । कोरियामा रहेका नेपालीलाई कोरोनाबाट बच्न सुसुचित गर्ने र सचेत गराउने काम त्यहाँ रहेका संघ संस्था र दुतावासले गररहेको छ ।

कतिपय कम्पनिमा भने कामदारको स्वास्थ्यलाई ध्यानमा राखेर काम रोकोएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । भाइरस छिट्टै नियन्त्रणमा आउने विश्वासले उनीहरु तत्काल नेपाल फर्किने सोचमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्