बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण, आयो यस्तो रिपोर्ट !


बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

https://www.youtube.com/watch?v=WPkqY5VCTkkhttps://www.youtube.com/watch?v=WPkqY5VCTkk

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । पाल्पा घर भइ रुपेन्देहीको सैनामैना नगरपालिका बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो । कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्न केही दिन अगाडि नै उनको नमूना संकलन गरिएको भए पनि नतिना भने आएको थिएन । थापा चैत ६ गते संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईबाट नेपाल आएका थिए । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनी चैत १३ गते अस्पताल भर्ना भएका थिए ।

https://www.youtube.com/watch?v=WPkqY5VCTkk