नेपाल सरकारले चैत्र ११ गते, मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यक कार्य बाहेक अन्य कसैलाई पनि घर बाहिर ननिस्कन आदेश दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरबाटै देश चलाएको भनेर भनिसकेका छन्। उनले सबैलाई केहि दिन घरमै बस्न आग्रह गरेका छन्। तर, लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने यसबेला दयनीय देखिन्छ। लकडाउनको समयमा हरेक थरी व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन्। तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध भने निकै कमजोर रहेको देखिन्छ।
लकडाउनको कारण यतिबेला सबैतिर बन्द छ। तर सुरक्षाकर्मीहरु भने बन्दको समयमा पनि नियमित ड्युटीबाहेकको थप समयमा समेत खटिएका छन् तर यसरि खटिदा पनि खानपानको समेत राम्रो व्यवस्था भएको छैन उनीहरुमा। यस्तो अवस्थामा पनि सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् सुरक्षाकर्मीहरु। उनीहरु पाउरोटी र चाउचाउ खाएर आफ्नो ड्युटी गरिरहेका छन्।
प्रतिक्रिया