सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिकित्सा सामग्री खरिद प्रकरणमा ब’दमासी गरेको ठ’हरिए हदैसम्मको का’रबाही गर्ने बताएका छन् । “चिकित्सा सामग्री खरिदमा अनियमितता भएको रहेछ भने हदैसम्मको का’रबाही गर्छौं । भ्रष्टाचार नै गरेको रहेछ भने त्यस्तालाई झुन्ड्याउनुपर्छ,” उनले भने ।खनालले लकडाउनमा घरभित्रै बसेकाले आफूले अध्ययन गर्न नपाएकाले थप टिप्पणी गर्न सक्ने अवस्था नरहेको उनले बताए ।“लकडाउनले गर्दा घरमै छु ।बाहिर निस्कने अवस्था छैन ।
पार्टी कमिटीको बै’ठक बस्ने अवस्था छैन । अनियमितता भएको छ भन्ने समाचार सुनेको छु । तर विस्तृत बुझ्न पाएको छैन,” उनले भने ।अनियमितता भए पार्टीले कस्तो एक्सन लिन्छ भन्ने जि’ज्ञासामा उनले ह’दैसम्मको का’रबाही गरिने बताए ।चीनबाट खरिद गरेर ल्याएका सामग्री गुणस्तरहीन भएको भन्दै चिकित्सकहरूले प्रयोग गर्न अ’स्वीकार गरेका छन् । वाणिज्य विभागमा दर्ता नै नभएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेस इन्टरनेशनलसँग गरेको खरिद–सम्झौता र’द्द गरिसकेको छ ।
प्रतिक्रिया