पोखरामा एक पुरूषमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको पोजेटिभ देखिएकाे हाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा यसअघि ६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा काेराेना संक्रमण भेटिएकाे भाेलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
प्रतिक्रिया