Logo

महिनौ महिना लकडाउन भएपनि कुनै गरिबलाई भोको हुन दिन्नँ – द्वारिकलाल चौधरी

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भए पनि कुनै पनि गरिब इटहरीबासीलाई भोकभोकै हुन नदिने प्रतिबद्ध,ता जनाएका छन् ।“म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ति गर्न सक्षम छौं कोही भो,कै म,र्नेवाला छैन,” उनले भने । नगरवासीलाई भो,कभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको मेयर चौधरीले बताए ।

उद्यमी, व्यवसायी, बैंक, सहकारी लगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह गरिएको मेयर चौधरीले बताउनुभयो । मेयर चौधरीका अनुसार इटहरीमा ४० हजार घर परिवारमध्ये १५ हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने छन् ।उनीहरु दिनभर श्रम गरेर त्यसबाट प्राप्त ज्याला वाट वेलुका छाक टा,र्ने गर्छन् । ती जनतालाई भो,कभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले सवै वडाहरुमा राहत वितरण गर्न थालिएको हो । अहिले सवै वडामा राहत वितरण जारी छ । वडामा समेत सर्वपक्षीय बैठक बसेर राहत वितरणलाई थप ब्यवस्थित गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्