Logo

कोरोनाविरुद्धको अभियानमा नेइमारले दिए ७ लाख ५० हजार पाउण्ड

ब्राजिलका स्टार खेलाडी नेयमारले कोरोना भाइरसविरुद्धको अभियानका लागि सात लाख ५० हजार पाउण्ड सहयोग गरेका छन् ।

पीएसजीका स्टार खेलाडी समेत रहेका नेयमारले युनिसेफलाई सो रकम सहयोग गरेका हुन । नेयमारले दिएको रकम कोरोना संक्रमणको उपचारमा खर्च गरिनेछ ।यसअघि पूर्व फुटबलर गेरी लिनेकरले पनि दुई महिनाको तलव करिव तीन लाख पाउण्ड सहयोग गरेका थिए । त्यस्तै अन्य विभिन्न फुटबलरले कोरोनाका कारण आफ्नो तलव कटौती गरेर सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्