Logo

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको छ ।लकडाउनको समय थप गर्नेबारे अर्को मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यसका साथै बिदेशबाट आउने नागरिकबाट कोरोेना भाइरस संक्रमण बढ्ने देखिएको स्थानमा स्वास्थ्य परिक्षणलाई द्रुत गतिमा लाने निर्णय गरेको छ यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको व्यवस्थाका साथै पूर्ण सुरक्षाको प्रत्याभूति दिने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले देशब्यापी लकडाउन जारी गरेको थियो ।गत आइतबार थप ८ दिन थप गरिएको लकडाउन आगामी चैत २५ गते समाप्त हुँदैछ । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकजना भने उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्