Logo

जापानमा बुधबार मात्रै ५०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमामा बुधबार दिनभरिमा ५०० जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ हिजो दिनभरि टोकियोमा १४४, खानागावा ६७, साइतामा ३४, ओसाकामा ४३ र फ़ुकुओका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जापानको ठूला शहरहरु बिशेष गरि टोकियो र ओसाकामा दिनहुँ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यस्तै खानागावा, चिबा र आइचीले पनि टोकियो र ओसाकालाई पछ्याइरहेका छन् ।अहिलेसम्ममा जापानको प्रिफेक्चरहरु मध्ये सबै भन्दा धेरै संक्रमण टोकियो प्रिफेक्चरमा भेटिएको छ । टोकियोमा हालसम्म १३३८ जना र ओसाकामा ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार बिहानसम्ममा जापानभरमा ४९७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०५ जनाको मृत्यु पुष्टि भएको छ ।जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न तथा यसबाट देशलाई पर्ने आर्थिक क्षतिलाई मिलान गर्नका लागि विभिन्न योजना तथा नीतिहरु सार्वजनिक गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्