Logo

“अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजाऊ, अटेर गर्ने देश माथि प्रतिबन्ध लगाउँछौँ” – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट कोरोना भाइरस संकटका समयमा आफ्ना नागरिक फिर्ता नलैजाने देशहरु माथि प्रतिवन्ध लगाउने भएका छन्।कोरोना भाइरस द्रूत गतिमा फैलिरहेको अवस्थामा आफ्ना नागरिक फिर्ता लैजान नमान्ने वा अटेरी गर्ने देशका नागरिकहरुलाई अमेरिका प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

अमेरिकाले फिर्ता पठाउने निर्णय गरेका देशका नागरिकलाई फिर्ता लैजान नमाने ती देशका नागरिक माथि अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउने उनको तयारी छ। यसको लागि उनले संसदबाट नयाँ नियम पास गराउन लागेका छन्। यस नियम अनुमोदित भएको खण्डमा तत्कालै लागू हुने र सन् २०२० को अन्त्य सम्म कायम हुने बताइएको छ।

आफ्ना नागरिक फिर्ता लैजान नमान्नुलाई अमेरिकामा जनस्वास्थ्य खतरा पैदा गर्नु हुन जाने तर्क सहित अमेरिकामा यस्तो नियम ल्याउन लागिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।यस नियम पास भएमा गृह सुरक्षा मन्त्रीले तत्काल काम शुरु गर्ने बताइएको छ। नियम पास भएपश्चात शुरुमा आफ्ना देशका नागरिक फिर्ता लैजान अमेरिकाले गरेको आग्रह अस्विकार गर्ने देशको पहिचान गर्ने र त्यसपछि भिसामा प्रतिवन्ध लगाइने छ।

प्रतिक्रिया दिनुहोस्