सात दिनमा १५०० किलोमिटर साइकलको यात्रा गर्दै एक युवक घर पुगे !
जहाँ दुःख त्यहाँ उपाय भने झै भएको छ अहिले विश्वका धेरै नागरिकलाई । आपत्त आइपरेपछि जस्तोसुकै दुस्साहस मोल्न पनि मानिस तयार हुन्छ भन्ने दृष्टान्त अहिले विश्वभर देखिन थालेका छन् ।अहिले विश्वभर फैलिरहेका कोरोना भाइरसको महारीमारीको कारण कयौं भारतीय नागरिकहरु भारत सरकारले लगाएको लकडाउनको कारण विचल्लीमा परेका छन् । कतिपय कामको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा पुगेकाहरु साइकल यात्राबाट घर पुगेका छन् ।
साइकल यात्रा गरी आफ्ना घर पुगेकाहरुका कथा दर्दनाक नै छ । यस्तै भारतका ओडिशाका महेश जेना लकडाउनको समयमा महाराष्ट्रबाट साइकल चलाएर आफ्नो प्रदेश पुगेका छन् । उनले सात दिनमा करिब प्रन्ध्र सय किलोमिटरको यात्रा साइकलबाट पूरा गरेका छन् ।महेशको १५ सय किलोमीटर यात्र कुनै रेकर्ड राख्नका लागि नभइ घर पुग्नको लागि हो । भारतमा उनी जस्तै घर पुग्नका लागि ७५०, १२०० र एक स्कुटरमा १४०० दूरीको यात्रा गरेकाहरु पनि छन् । तीनीहरु भन्दा बढी महेशले यात्रा तय गरेका छन् ।
महेशलाई लकडाउनको समयमा अहिलेसम्मका लागि धेरै दूरीको साइकल गरेर रेर्कड राख्ने व्यक्ति भन्दा पनि केही फरक नपर्ला । हालसम्म उनले सबै भन्दा बढि यात्रा गरेका छन् । यो भन्दा पछि भने अरुले धेरै यात्र गरे अर्को रेकर्ड आउन सक्ला । समाचार आए अनुसार अहिलेका लागि उनी नै हुन् ।महेशले जाजपुर जिल्लाको बडसुआरका युवक हुन् । २० वर्षीय युवक पछिल्लो आठ महिनाबाट महाराष्ट्रको सांगली मिराजमा पानीको पाइप बनाउने एक कम्पनीमा काम गरिरहका थिए ।
तर मार्चको अन्तिम सातामा देशभर लकडाउनको घोषणा गरेपछि जब कम्पनीका मालिकले पाँच महिनासम्म कम्पनी बन्द गर्ने घोषना गरिदिए । त्यसपछि महेशले आफ्नो गाउँ फर्किने निर्णय गरे ।लकडाउनको समयमा जाजपुर जिल्लाका एक स्कुलमा अस्थायी रुपमा बनाएको क्वोरेन्टाइन शिविरमा बसेको बताउँदै आफू बच्नका लागि त्यही तरिका रहेको उनले बीबीसीलाई बताएका छन् । जब मालिकले पाँच महिनासम्म कम्पनी बन्द गरे त्यसपछि जीवन जिउन गाह्रो हुने सोच आफूमा आएको उनले बताए ।
आफूले बचाएर राखेको केही पैसा पनि सकिन्छ भन्ने चिन्ता उनमा बढ्यो । खाना पनि खान नपाउला भन्ने सोंच उनमा आएको बताउछन् । त्यसैले उनले जसरीभएपनि आफ्नो गाउँ जाने सोंच बनाए र साइकलमा हिडे । रेल नचल्ने भएर पनि उनी साइकलमा भएपनि गाउँमा जान बाध्य भए ।साइकलमा चढेर यात्र त तय गरे तर महेशको गन्तव्य भने असम्भव जस्तै थियो । तै पनि उनले हार खाएन बरु ज्यानलाई जोखिममा राखेरै उनी आफ्नो यात्रलाई निरन्तरता दिन लागे ।
उनले बीबीसीलाई भने ”म भगवानको नाम लिएर एक अप्रिलमा निस्किए ।”महेशले यात्र गरेको उक्त साइकल सेकेन्ड ह्यान्ड जुन उनले काममा जान र आउनका लागि १५०० सय रुपैयाँमा किनेका थिए । साइकल रिपियरका लागि ५०० सय रुपैयाँ खर्च गरिसकेका थिए । उनको साइकलको टायर २ पटक पञ्चर भयो। तर पनि उनी जसरी पनि ठीक गरेर यात्रालाई निरन्तर दिन्थे । पूरानो साइकल भएर के भयो उनले आफ्नो गन्तव्यमा तय गरेरै छाडे ।
बाटोको खाना खाने ठाउँमा खाना खाँदै हिड्थे । खानाको होटलको छेउछाउमा दर्जनौ ट्रकहरु हुन्थ्यो । बाहिरा खाना खाने होटेलहरु बन्द भएपनि भित्रतर्फ ड्राइभरहरुका लागि खुल्ला नै हुन्थ्यो। उनी पनि ड्राइभरहरुसंग मिसिएर खाना खान्थे । तर सबै ठाउँमा भने होटेलहरु हुदैनथ्यो। त्यसैले उनी बिस्कुट र फलफूल आफैसंग राखेको कारण त्यही खाँदै पनि हिडेको उनले बीबीसीलाई सुनाए ।
बिहानदेखि रातिको ११ , १२ बजेसम्म साइकल चलाउने र जहाँ होटल अथवा मन्दिर भेट्यो की त्यही सुत्ने गर्थे । उनी भन्छन् म यो सोच लिएर निस्केको थिए की जसरी भएपनि घर पुग्नुपर्छ । १५ दिनमा पुग्ने मात्र घर पुग्न सक्ने बाटो भएपनि दिनमा १० , १२ घण्टा साइकल चालाएर ७ दिनमा नै पुग्न सफल भएको उनी सुनाउँछन् ।महेशलाई तेलंगना र आन्ध्र प्रदेशमा पुलिसले रोकेको थियो । जब उनले आफ्रनो पूरै कहानी सुनाए त्यसपछि पुलिसले छोडिदिन्थे ।
उनी सांगलीबाट हैदराबाद, फेरि त्यहाँबाट विजयवाडा, खम्म, विजयनगरम, श्रीकाकुलम हुँदै ६ अप्रिल मा नै उनी सीमा प्रवेश गर्न सफल भए । फेरि गंजाम, भुवनेश्व कटक हुँदै भोलिपल्ट जाजापुरमा पुगे उनी ।जाजपुरमा पुगेपछि पुलिसले उनलाई सोधपुछ गरे र अस्पतालमा लागियो । प्राथमिक उपचारपछि त्यहाँबाट अब्दुलपुर गाउँको स्कुलमा बनाएको क्वोरेन्टाइनमा पुर्यायो ।महेश ठीक भएपनि जंगलमा हिडेको थकान उनमा अझै छ ।
उनी अलि कती पनि खोक्ने र हाछ्यौं खालको विरामी भएन उनलाई । उनी हाल क्वोरेन्टाइनमा नै छन् ।उनलाई आफ्नो फूपुले खाना खुवाउछिन् । आफू आइपुग्दा पनि फूपुलाई नै सम्झेर आफू आइपुगेको महेश बताउछन् । उनको आमाबुवा पञ्जाबमा काम र्गछन् । उनी फूपुको घरमा नै हुर्के बढेका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशलाई लकडाउन गरेपछि धेरै भारतीयहरु यसरी दुःखजिलो गरेर घर पुगेका छन् ।