तेह्रथुमको फेदाप गाउँ पालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका छ्न्। विहीबार साझ साढे ५ बजे तिर स्थानी २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबू र शौतेनी आमाको बन्चारो प्रहार गरि हत्या गरेका हुन्।
अन्दाजी ४२ बर्षीय रुप बहादुर लिम्बु र शौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताउनुभयो । बुवा आमाको हत्यापछि फरार भएका लिम्बूलाइ प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोलि र स्थानीय बासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। घटना स्थलको अनुसन्धानका लागि जिल्लाबाट थप प्रहरी टोली घट्ना स्थल तर्फ गई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक दाहाल जानकारी दिनुभयो।
प्रतिक्रिया