नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेको छ । यतिबेला भारतको कदमको सर्वत्र विरोध भइरहेको छ । माइतीघरदेखि भारतीय दूतावास अगाडि विरोध प्रदर्शनहरु भइरहेका छन् । आइतबार माइतीघर मण्डलामा लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
नाराबाजी गर्दै माइतीघर पुगेका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यार्थी नेता हेमराज थापा, अर्जुन सिवाकोटी लगायत रहेका छन् ।
प्रतिक्रिया