Logo

ऋषी कपुरको १३ औं दिनको संस्कारमा उनकै छोरा रणबीर पाहुना जस्तै यसरि आए पछी

वलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । लकडाउनको समयमा भारतले लगायतार दुई होनहार कलाकारलाई गुमायो । दुई वर्षसम्म ब्लड क्यान्सरसंग जुधिरहेका उनले अप्रिल ३० मा यो संसार छोडे ।त्यसको अघिल्लो दिन अर्का दिग्गज कलाकारले पनि विदा लिएका थिए ।

अहिले ऋषी कपुरको १३ औं दिनको संस्कारका क्रममा खिचिएको तस्बिरका कारण उनका छोरा रणबीरको सामाजिक सञ्जालमा आलोचना भएको छ । केही दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए ।

उनी यस्तो दुखद घडीमा पनि आफ्नी आमाको साथमा नबसेर आलियाकै साथमा बसेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । रणबीरको दिदीले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरमा उनी आलियाका साथ गाडीमा आएको देखिएका छन् । त्यतिबेलाको रणबीरको फोटो सोसल मिडियामा चर्चामा विषय बनेको छ ।यस्तो समयमा पनि रणबीर आफ्नी आमासँग किन बसिरहेका छैनन् भनेर धेरैले प्रश्न उठाएका छन् । उनको यस्तो कामलाई लिएर कतिले उनको फोटोमा निकै खराब स्तरको कमेन्टसमेत गरेका छन् । रणबीरकी दिदी रिद्धिमा कपुर सानीले बुवाको १३ औं दिनको फोटो पोस्ट गरेकी छिन् ।

यसका साथै, आलिया यो दुःखको घडीमा रणबीर र उनको परिवारको साथमा छिन् । यद्यपि, रिद्धिमा भने लकडाउनका कारण आफ्नो बुवाको अन्तिम संस्कारमा समावेश हुन सकेकी थिइनन् । उनलाई आलियाले फेसवुक लाइभ मार्फत आफ्ना बुवाको अन्तिम संस्कारको भिडियो देखाएकी थिइन् । पछि उनी गाडीमा यात्रा गरेर मुम्बई पुगिन् ।

प्रतिक्रिया दिनुहोस्