Logo

थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो !

पछिल्लो २४ घन्टामा नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू मध्ये बाँकेमा ६ जनामा छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् । बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्