Logo

घरमा वृद्ध आमालाई एक्लै छाडेर जो निसंकोच कोभिड–१९ ले मृ’त्यु भएकी महिलाको म’लामी गए

काठमाडौँ — धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृ’त्यु भएको खबर शनिबार दिउँसोबाट चैत मासको डढेलो जस्तै फैलिसकेको थियो । सरकारले कोरोनाकै कारण उनको मृ’त्यु भएको घो’षणा नगरेपनि स्थानीय प्रशासनले अस्पतालको रिपोर्टलाई आधार मानेर श’व कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरिसकेको थियो । दुई पटक परीक्षण गर्दा पनि कोरोना देखिएपछि अस्पताल र स्थानीय तहले एक खाले तयारी गरिरहेका थिए ।तैपनि थप पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नआएसम्म सबैमा अ’न्योल नै थियो ।

साँझतिर घ’टना बारे बुझन स्वास्थ्य मन्त्रालयबाट डा. गुणराज लोहनीसहितको टोली धुलिखेल नै पुग्यो । मृ’तकको श’व छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख भएकोले टोलीको सुझावको आधारमा ती महिलाको श’व अ’न्त्येष्टि गर्नुपर्ने भयो ।श’वको पशुपतिस्थित विद्युतीय श’व दा’हगृहमा अ’न्तिम सं’स्कार गर्ने निर्णय भयो । त्यसपछि प्रशासनले काभ्रेको एम्बुलेन्स र श’व वा’हनलाई आग्रह गर्‍यो । तर, कसैले मानेन् । अब भने काभ्रे प्रशासनलाई आपत पर्‍यो ।काभ्रेको सुरक्षा निकायले भक्तपुरसँग सहयोग माग्यो ।

भक्तपुरमा भने महानगरीय प्रहरी परिसर र वि’रदल ग’णले नि’जी गाडीलाई कोभिड एम्बुलेन्स बनाएको थियो । भक्तपुर सिद्धपाखरीका ३१ वर्षीय अरुण सैंजु र जेलाका ३० वर्षीय राजेश गैंजुलाई श’व व्यवस्थापन गर्ने ता’लिम दिएर राखिएको थियो । उनीहरु भक्तपुर अस्पतालको चौरमा टेन्ट हालेर लकडाउन सुरु भएदेखि नै बसिरहेका थिए ।उनीहरु भक्तपुर अस्पतालमा आउने बि’रामीको ज्वरो ना’प्ने र थप उपचारको लागि चिकित्सकसम्म पठाउँथे । कोभिड शं’का लागेका बि’रामीलाई त्यही एम्बुलेन्स राखेर ल्याउँथे ।साँझ परेपछि अस्तपाल नजिकैको टेन्टमा आराम गर्थे ।

शनिबार भने उनीहरु नेपाली सेनाको वि’रदल ग’णका क’र्णेल शिव पौडेललाई भेट्न ब्या’रेकमै पुगेका थिए । भक्तपुर प्रहरी प्रमुख सविन प्रधान र कर्णेल पौडेल फोनै व्यस्त थिए ।‘सायद काभ्रेमै कुरा भएको हुनुपर्छ । काभ्रेबाट श’व लान गाडी नपाएको सुने पछि हामी जान्छौं भनेर प्रस्ताव गरें,’ अरुणले भने । यो आपत टार्न नेपाल स्काउटको रो’बर लि’डर राजेश र स्काउट मास्टर अरुण तयार भए । यो सूचना काभ्रेमा दिइयो । उनीहरुको प्रस्तावले काभ्रेका सु’रक्षा प्रमुखलाई पनि राहत मिल्यो ।‘स्काउटमा लागेर सिकेको तालिमकै आधारमा हामीले विगतमा पनि यस्तो काम धेरै गरेका थियौं,’ अरुणले भने, ‘यसपालीको आँट पनि स्काउटले नै दिएको हो ।’

सेनाले उनीहरुलाई कोरोनाबाट मृ’त्यु भएको श’व कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिएको थियो । शनिबार साँझ साढे साते बजेतिर उनीहरु भक्तपुरबाट धुलिखेल अस्पताल गए । जहाँ कोरोनाका कारण बिहीबार राति १० बजे मृ’त्यु भएकी महिलाको श’व थियो । भक्तपुरबाटै पीपीई सेट लगाएर गएका थिए उनीहरु ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधान र सेनाका कर्णेल शिव पौडेलले उनीहरुको गाडीलाई स्क’र्टिङ गरिरहेको थियो । धुलिखेल पुगेपछि अरुण र राजेश श’व राखिएको ठाउँ तिर लागे । सुरक्षा निकाय प्रमुखहरु भने अस्पताल बाहिरै बसिरहे ।

‘अस्पतालले प्लास्टिकमा बेरेर राखेको श’व स्ट्रेचर माथि राखेको रहेछ । तर, श’वबाट बगेको र’गत भने भुइँमा चुहिएको थियो,’ अरुणले भने, ‘हामीले दोब्बर र्‍यापिङ गरेर श’वलाई व्या’गमा हाल्यौं । चकलेट चे’पिङ ट्या’पिङ गरेर भुइँमा चु’हिएको र’गत पनि सफा गर्‍यौं ।’उनीहरुले श’व गाडीमा राखेर बाहिर आउँदा भक्तपुरबाट गएका सेना र प्रहरी बाहेक काभ्रेको प्रहरी निरिक्षकको टोली पनि स्क’र्टिङका लागि तयारी अवस्थामा थिए । अस्पतालकै एउटा गाडीमा मृतक महिलाका श्रीमान बसेका थिए ।भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको गाडीले स्क’र्टिङ गरेर श’व पशुपति लगियो ।

‘अरु सामान्य अवस्था जस्तो अन्तिम सं’स्कारका कुनै विधि प्रक्रिया भएन,’ अरुणले भने, ‘मृ’तकका श्रीमान र सेना प्रहरी एक सय मिटर टाढा बसेर हि’रिरहनुभयो । हामीले नै लगेर श’वदाह गृ’हमा छि’रायौं । स्वीच अन गर्न मात्रै त्यहाँका कर्मचारी खटिए ।’श’व ज’लाएपछि पीपीई सेट लगाएका मृ’तककी श्रीमानलाई काभ्रेको धुलिखेल अस्पताल नै फिर्ता पठाए । उनीहरु भने आ’इसोलेशनमा बस्न सूर्यविनायक डाँडामा रहेको वि’रदल ग’ण तिर लागे ।‘गाडीलाई डि’सइन्फेक्टेड गर्‍यौं,’ अरुणले भने, ‘त्यसपछि हामी सै’निक एरिया भित्रै आइसोलेसनमा छौं ।’

वि’रदल ग’णबाट तीन सय मिटर पर जंगलमा आइसोलेशन ठाउँ बनाइएको छ । उनीहरुको खानाको व्यववस्था पनि सेनाले गरिरहेको छ । ‘हाम्रो स्वा’ब निकालेर परीक्षण गर्दा नेगेटिभ आएपछि मात्रै फेरी भक्तपुर अस्पतालको फि’बर क्लि’निकमा फर्कन्छौं,’ अरुणले भने ।राजेश भक्तपुरकै आदर्श आ’जादमा पनि पढाउँछन् । अरुण पनि भक्तपुरकै एभरेष्ट स्कूलमा अनुशासन इ’न्चार्ज पनि हुन् । उनीहरुसहित आठजना मिलेर ‘रे’सक्यू एण्ड अ’वेरनेस–१६’ नामक संस्था नै खोलेर काम गरिरहेका छन् ।लकडाउनको अवधिमा भक्तपुर अस्पतालमा आउने बि’रामीको ज्वरो ना’प्ने अरु व्यवस्थापनमा चार जना ख’टिएका छन् ।

उनीहरु आइसोलेसनमा बसेपछि अस्पतालमा नुज किजु र पुनम कर्माचार्यले ज्वरो क्लि’निक स’म्हालेका छन् ।भक्तपुरको बि’रदल ग’णबाट श’व व्यवस्थापनको तालिम लिएका थिए भने रे’न्जर महाविर ग’ण छाउनीबाट डे’डबडी हया’ण्डलिङ र डे’मोस्ट्रेसनको तालिम लिएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट पीपीई लगाउने तालिम पाएका छन् उनीहरुले ।आइसोलनमा रहेका अरुण र राजेशको शनिबार बि’रामी तथा श’व व्यवस्थापनको अनुभव नयाँ भने होइन । उनीहरुले लकडाउनको अवधिमा शं’कास्पद बि’रामी बो’केर पनि हिँडेका छन् ।

यस्तै मृ’त्यु भएकाहरुलाई घा’टसम्म पनि लगिदिएका छन् ।‘आरडीटी पोजेटिभ देखिएका, को’रोनाका शं’का लागेका व्यक्तिको पनि यसअघि उ’द्धार गरिसकेको थिएँ,’ अरुणले भने, ‘बि’रामी र कोरोना आशंका गरेको व्यक्ति बोक्नुभन्दा श’व बो’क्नु सजिलो हुन्छ ।किनभने श’व त राखेपछि एकै ठाउँमा रहन्छ । आफ्नो हिसाबले व्यवस्थापन गर्न सकिन्छ । बि’रामीहरु बोक्दा भने केही गरिहाल्ने हो कि भन्ने त’नाव भइरहन्छ,’ उनले भने, ‘सु’रक्षा सतर्कता हामीले अपनाएकै हुन्छौं । त्यसैले धेरै ड’र त लाग्दैन । मान्छे हो अब त प’चाइ सकें ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष केपी ताम्राकारले प्रयोग गरिरहेको गाडीलाई अरुणले एम्बुलेन्स बनाउन मा’गेर चलाएका हुन् ।‘अरुण भाईले यस्तो बेला अरु एम्बुलेन्सले कोभिड लागेको बि’रामी र मृ’त्यु भएको व्यक्तिको उ’द्धार गर्न गाडी भएन भनेपछि मैले दिएको हो,’ ताम्राकारले भने, ‘गाडी त मैले दिएँ, तेल भने उसले नै व्यवस्थापन गरिरहेको छ ।’ताम्राकारबाट प्राप्त गाडीलाई वि’रदल ग’णका कर्णेल शिव पौडेल र अरुणले मो’डिफाई गरेर कोभिड एम्बुलेन्स बनाएका हुन् । यो पाकिस्तानी दुतावासले लि’लामी गर्दा ताम्राकारका साथीले किनेको टोयटा सर्फ जीप हो ।

भक्तपुर दुधपाटी सिद्धपोखरीमा अरुणको घरमा ६२ वर्षीया आमा मात्रै छिन् । लकडाउन भएदेखि नै उनी घर गएको छैनन् । ‘आमासँग फोनमा कुरा भइरहेको छ,’ उनले भने । राजेश पनि सुरुकै दिनदेखि अरुणसँगै छन् । भक्तपुर जे’लमा भूकम्पले घर भ’त्किएपछि उनको बुबा, आमा, दाई, भाउजु र तीन भतिजि लि’वालीमा छा’प्रो मै छन् ।कान्तिपुर बाट

प्रतिक्रिया दिनुहोस्