Logo

ओली-देउवा वार्ता : संविधान संशोधन विधेयक १८ गते कार्यसूचीमा पर्ने

काठमाडौं । संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र काँग्रेस सभापति शेरबहादुर देउवावीच बिहीबार टेलिफोन वार्ता भएको छ ।दुई नेताबीचको टेलिफोन संवादपछि सरकारले शुक्रबार कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग गरेको स्रोतको दावी छ । संवादमा देउवाले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडिमात्रै कार्यसूचीमा राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्