दुखद खबर:दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा रहेकी २२ वर्षीया स्वास्थ्यकर्मी अनमी कार्कीले गरिन होटलमा देहत्याग


काठमाडौं । केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् ।

उनी तेह्रथुमको म्याङलुङ नगरपालिका( १ बसपार्कस्थित सन्तोषी होटलमा अवस्थामा मृत फेला परेकी थिइन् । होटलको कोठामा झु ण्डि एको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ बसेको कोठामा उनी मृत फेला परेकी हुने । खम्बरसिंह विगत चार दिन देखि सोही कोठामा बस्दै आएका थिए । पुरुष बसेको कोठामा युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले ति पुरुषलाई पनि नियन्त्रणा लिएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती पनि कोठामा आएकी थिइन् ।

अनुसन्धानका क्रममा ति पुरुष सोही सोही स्वास्थ्यचौकीको निर्माण सम्बन्धी काममा ठेकेदारका रुपमा संलग्न रहेको बुझिएको छ । उनीहरु एक वर्ष देखि प्रेममा रहेको पनि प्रहरी अनुसन्धानवाट खुलेको छ । संगै कोठा लिएर बस्न उनीहरुले म्याङलुङमा कोठा समेत लिइसकेका थिए ।

यस अघि एक वर्ष देखि उनीहरु श्रीमान श्रीमतीकै रुपमा बस्दै आएको खुलेको प्रहीले जनाएको छ ।स्वास्थ्यचौकीमै रहेको क्वाटरमा बस्दै आएकी ति युवती ति पुरुष बसेको कोठामा भने दुई दिन अघि आएकी थिइन्। अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको खुलेको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।