धेरै नै दुखद खबर : प्यूठानमा ट्रयाक्टर दुर्घटना, ७ मजदुरको मृ’त्यु


प्यूठानमा ट्रयाक्टर दु’र्घटना हुँदा ७ जनाको मृ’त्यु भएको छ । सडक बनाउन खटिएका मजदुरहरु चढेको लु २ त ४२३४ नम्बरको ट्रयाक्टर दु’र्घटना हुँदा उनीहरुको ज्या’न गएको हो ।

ट्रयाक्टर जिल्लाको स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृ’तक सबै सडक मर्मतमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । यद्यपि उनीहरुको पहिचान भने भइनसकेको बताइएको छ ।

उनीहरु ङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए । सबै मजदुरहरु रोल्पा रुम्टीगढीकाबाट कामका लागि आएका थिए । अहिले प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।