अदभूत स्मरण शक्तिका विजय शाहीको अन्तिम अन्तर्वार्ता : रुदै देखाए ज्यान मा’र्ने धम्किको म्यासेज, पुण्यको नामनै नलिनुस् (भिडियो सहित )


विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।

उनले आफुलाई त्यसपछि निकै तनाव दिइएको । सो कार्यक्रममा पुण्य गौतमले पुस्तक ल्याएर अचानक डेमो देखाउन भनेको उनको भनाई छ । त्यो कार्यक्रममा तत्काल डेमो नदेखाएको कारण आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । उनले त्यस अघि पनि उनले आफुलाई तेरो क्षमता अरुलाई नसिका, सिकाइस् भने तेरो ज्यान लिन्छु भनेर धम्की आएको बताएका छन् । उनले आफुलाई विदेश जा त्यसका लागि करोडौ रुपैया दिन्छौं भनेर धम्की आएको बताएका छन् ।

उनले आफ्ना बारेमा अनावश्यक हल्ला फैलाएका कारण अब आफुले कसैलाई अन्तरवार्ता नदिने बताएका छन् । उनले आफुले अहिले सम्म ४ वटा मिडियालाई आफ्नो डेमो देखाइसकेका कारण सबैलाई दिन नसक्ने पनि बताएका छन् । उनले सबैलाई त्यसका लागि समय पनि नहुने बताएका छन् । उनले भने, सबैमा दिन थाल्यो भने मानिसले पत्याउँदैनन, त्यसैले आफुले अब कसैलाई अन्तरवार्ता नदिने बताएका छन् ।

उनले भने अबको केही दिन अब कुनै मिडियामा अन्तरवार्ता दिन्न । विजयले विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई भएको थियो । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् । कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको थियो ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन्, मलाई धम्की आएपनि डराउँदिन, एक महिनामै तेरो जिवन सक्दिछौं भनेर धम्की आएको छ । म भन्न चाहन्छु मलाई साँच्चै मार्ने नै हो भने म नेपालका लागि केही गरेर मात्र मर्न चाहन्छु । मलाई नेपालमा अरुलाई मेरो शिप सिकाउनछु त्यस पछि मारे पनि मार्नु । उनले अब नेपाललाई शिक्षित बनाउने लक्ष्य लिएको बताए ।