विश्व किर्तीमानी मेमोरी किङ विजय शाहीले आफ्नो एकमात्रै उद्देश्य भनेको नेपालीहरुलाई शिक्षित बनाउनु भएकोले त्यसैका लागि आफू लागिपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा शाहीले आफू ‘च्याम्पियन्स अफ द वल्र्ड रेकर्ड होल्डर ईन मेमोरी किङ’ भएको बताउँदै आफूले ३० सेकेण्डमा १०२ शब्द स्मरण गरेर विश्व किर्तीमानी कायम गरेको जानकारी दिए ।
कालिकोट स्थायी घर भएका उनले आफू कक्षा १ देखि दशसम्म श्री कालिका माध्यमिक विद्यालयमा अध्ययन गरेको जनाए । एसईईसम्म आफू नर्मल विद्यार्थी रहेको र कक्षा ११ आफूले रटेरै टप गरेको पनि उनले जनाए ।
उनले नेपालको शिक्षा योग्यमात्रै रहेको भएपनि दक्ष भइनसकेको जिकिर गरे । उनले भने,‘कक्षा १२ मा पढ्दै गर्दा मैले पढ्ने फर्मुला पत्ता लगाएँ । यो फुर्मलाले नै म सम्पूर्ण नेपालीहरुलाई योग्यसँगै दक्ष बनाउने लक्ष्य लिएको छु ।’
अहिलेसम्म नेपालको शिक्षाले देश चलाउनेमात्रै काम गरेको तर देश बनाउने काम नगरेको उनको टिप्पणी छ । विद्यार्थीको उमेर, रुचि र चाहनाअनुरुप पढाई भयो भने नेपालको शिक्षा विश्वमै नम्बर एक हुने उनको दाबी छ । उनले आफू ठूलो ठूलो कुरा नगर्ने तर ठूलो ठूलो काम गर्ने दाबी गरे । त्यस्तै विजय शाहीले आफ्नो अफिसियल फेसबुकबाट लाइभ गरेर आगामी दिनका योजनाहरु बारे जानकारी दिएका छन्डि । भिडियो हेर्नुहोस् ।
प्रतिक्रिया