Logo

अस्पतालबाट निस्कदै गर्दा नातिनी आराध्याले अमिताभ बच्चनलाई यसो भनेपछि


अभिनेता अमिताभ बच्चनकी नातीनी आराध्या र बुहारी ऐश्वर्या कोरोना मुक्त भएका छन् । गत जुलाई १७ मा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोभिड १९ कोरोना भाइसको संक्रमण भएको थियो उनीहरुलाई मुंबईको नानावती अस्पातालमा राखिएको थियो । आमा ऐश्वर्या र छोरी आराध्या बच्चन सोमबार अस्पतालबाट बिदा भएका छन् ।

घर जानु अगाडी नातिनी आराध्याले हजुरबुवा अमिताभलाई भनिन् ,’हजुर पनि चाँडै सन्चो भई घर आउनुहुनेछ, । नातिनीको यस्तो कुरा सुनेर भावुक भएका अमिताभले बुहारी र नातीनी कोरोना मुक्त भएर घरफर्किदा खुसिले आँखाबाट आसु खसालेका थिए । ११ जुलाई मा भर्ना भएका अमिताभ र छोरा अभिषेक भने अस्पतालमै छन् ।

अभिताभले आफ्नो वालमा पनि नातीनी आराध्याले भनेको कुरा पोष्ट गरेका छन् । नातीनीको कुराले आफुलाई आत्मबल र भरोसा दिएको र आफु चाडै कोरोना मुक्त हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्