सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया