Logo

बल्ल बाहिरियो: बाकसमा फालेको नानीको बास्तबिकता ! पक्राउ परिन पुष्पा अधिकारी …..(भिडियो सहित)

कपनमा बेवारिसे बालिका भेटिएको खबर गलत भएको पुष्टि भएको छ । कपनमा रहेको एउटा बालगृहकी सञ्चालिकाले वेवारिसे भेटिएको भनिएकी बालिकाकी आमाले आफ्नो बच्चा फिर्ता लगेपछि यो रहस्य सार्वजनिक भएको हो ।

विदेशबाट फर्किएकी एक महिलाले जन्माएको उक्त शिशु बालगृहकी सञ्चालिका पुष्पा अधिकारीकै योजनामा चौरमा फ्याकिएको र योजना खुल्ने त्रासले अहिले बालिकालाई उनकी आमाले फिर्ता लगेकी छन । विदेशमा अवैध सम्बन्धबाट गर्भवति बनेकी ती महिलाले समाजले तिरस्कार गर्ने डरले उक्त बच्चालाई बालगृहकी संचालिका अधिकारीलाई जिम्मा लगाएकी थिइन ।

तर बालगृहकी सञ्चालिकाले कानुनी समस्या पर्ने डरले उक्त बच्चा झाडीमा भेटिएको भन्दै मिडियाबाजी गरेकी थिइन । केहिले बालगृह संचालिकाको यो नाटकलाई आम मानिसको सहानुभुति बटुल्ने र आर्थिक संकलन गर्ने नाटकको रुपमा समेत यसलाई संज्ञा दिएका छन । उनको नाटकीय योजना सार्वजानिक हुने डरले बालगृहबाट अहिले वेवारिसे भनिएकी बालिकाकी आमाले आफ्नी बालिका फिर्ता लिईसकेकी छन ।

प्रहरीले बालिकाकी आमा र बालगृहकी सञ्चालिकालाई नियन्त्रणमा लिएर यसको अनुसन्धान गरिरहेको छ । अहिले बालिका र उनकी आमा एउटा सामाजिक संस्थाको आश्रयमा छन ।

प्रतिक्रिया दिनुहोस्