विस्कुटको कार्टुनमा फेला परेकी बालिकाको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् ।
कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो । शिशु फेला परेपछि देश विदेशवाट सहयोग रकमको ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइएको थियो ।
प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।
परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीको बि रोध गरिरहेको बेला उनले एक अन्तर्वाता भनेकी छिन् “म आ त्म ह त्या गर्न विवश भए भने कस्ले जिम्मा लिने ।
प्रतिक्रिया