काठमाण्डौ उपत्यकामा बिहीबार थप ८७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रलायले यसको पुष्टि गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप ७६ जनामा, भक्तपुरमा १ जना र ललितपुरमा १० जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन् । उनीहरु कुन ठाउँका हुन भन्ने मन्त्रालयले खुलाएको छैन ।
यस्तै आज देशभर ३६० जनामा कोरोना पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको छ ।प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. १० बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते काठमाडौंस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा मृत्यु भएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।
यस्तै बुधबार बिहान रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरि मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु मोरङमा कोरोना भाइरसको संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८ का अर्का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख १९ हजार ५७५ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा ९ हजार ४७० जना क्वारेन्टाइनमा छन् भने ६ हजार २९६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।
प्रतिक्रिया