राजधानीको बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ कपन आकाशेधारास्थित केयर बाल गृह गैरकानूनी रूपमा सञ्चालन गरेको प्रमाणित भएको छ । बालगृह छेउकै चौरमा कार्टुनमा बच्चा भेटिएर उद्धार गरेको भन्दै सामाजिक सञ्जालमा गलत भिडियो बनाएपछि विवादमा तानिएकी पुष्पा अधिकारीले बच्चा लिने क्रममा मात्र नभई बालगृह सञ्चालनमै कानुनको धज्जी उडाएको पुष्टि भएको हो ।
पुष्पाले बालगृह सञ्चालनका लागि समाज कल्याण परिषद् वा केन्द्रीय बाल कल्याण समिति कुनै पनि सम्बन्धित निकायबाट अनुमति नै लिएकी छैनन् । झन्डै ४ वर्षदेखि बालगृह सञ्चालन गर्दै आएकी पुष्पाले त्यहाँ रहेका १५ जना बालिकाहरू आफूसँग ल्याउने क्रममा वा विदेशी दाताहरूसँग आर्थिक सहयोग लिने क्रममा पनि सरकारी निकायबाट कुनै अनुमति नलिएको देखिएको छ ।
प्रतिक्रिया