भाग्य न्यौपानेको विरोध गर्नेलाई रबि लामिछानेले दिए यस्तो कडा जवाफ…. (भिडियो सहित)


केही दिन यता केयर बाल गृह की सञ्चालिका पुष्पा अधिकारीले एक बच्चाको नाटकीय उद्दार गरे पछि उनको विरोध भयो , त्यस्तै भाग्य न्यौपाने ले गरेको अन्तर्वतलाई कतिपयले आलोचना गरे , भने कतिपयले उनको समर्थन गरे भाग्यको बिरोध गर्ने लाई रबि लामिछानेले जाजरकोटबाट कडा जवाफ दिएका छन् । हेर्नुहोस् जस्ताको तस्तै:

समाजसेवा फेरी एक पटक विवा’दमा परेको छ । एक अनाथालय सञ्चलिकाली नाटकीय ढंगले नवजात शिशु भेटाएको रा नक्कली उद्धार गरेको बारे पट लागे पछि सबैजना उनीमाथि रा उनको भिडियो बनाउने माथि खनिएका छन् ।

राष्ट्रिय मिडियाको आफ्नै दम्भ छ ,फुर्ती छ , युट्युव जस्ता माध्यमबाट चिनिएका पत्रकारहरुलाई मुलधारका पत्रकार हरू धारे हात लगाउँछन् , पत्रकार नै मान्दैनन् ,सञ्चारकर्मी नै मान्दैनन् । कोही कोही त यो मान्छे नै मान्दैनन् । हो युटुबमा अतिरञ्ज ना छ । पैसा कमाउने प्रतिश्पर्धा छ । घटना भन्दा टाइटल बिक्ने भन्दा टिक्ने खेलो छ ।

राम्रा र नराम्रा पक्ष कुन विधामा छैनन् ? मूलधारे मिडियाले कतिपय घटना र मान्छेलाई पटक्कै गन्दैनन् तर जनतालाई सूचना त चाहिन्छ । मनोरञ्जन पनि चाहिन्छ । मुलधारका मिडियाले सूचना नदिए पछि आम मानिसहरू बाध्य भएर युट्युव लगाएतका मध्यहरुको भर पर्न विवस छन् ।

म अहिले जाजरकोटमा छु , जाजरकोटका दरबार पछाडि छ यही सोटीमा नवराज लगाएत का हरुको ह’त्या हुँदा आम मानिसलाई पल पल सूचना चाहिएको थियो । मुलधारका मीडिया कुर्ने धेर्य कसैलाई थिएन, त्यसैले सयौको संख्यामा आएका युट्युव चानेल हरू कै सूचनामा आम मानिस निर्भर भए ।

समाचार सम्प्रेषण मा परिपक्क नभएका नयाँ सञ्चारकर्मीले स्वभावैले घटनालाई अतिरञ्जित बनाए त्यही कुरा मूल धारे मिडियाले पल पल मा अपडेट दिएको भए हुन्थ्यो तर त्यस्तो हुन सकेन र आफूलाई उपस्थित गराउन नसकेका मूलधारे मिडियाहरुले युट्युव च्यानलका सन्चारकर्मीलाई सरपी मात्र रहे । मुलधारका मिडियाहरु अधिकांस राजनीतिक घटनालाई सम्प्रेषण गर्न बढी समय खर्च गर्छन् ।

जुन आम मानिसलाई फिटिक्कै मन पर्दैन । त्यसका विकल्पका रुपमा युट्युव च्यानल उदाए । त्यसमा आलोचना गर्नु पर्ने नै के छ र ? मन परेको च्यानल कतिले हेर्छन कतिले हेर्दैनन् ।कतिले मन पराउँछन् कतिले मन पराउँदैनन् , कसले कस्तो कस्तो प्रतिक्रिया दिन्छन् , यी सबै हेर्न पाउने प्ल्याटफोम नराम्रो त हुँदै होइन ।

तर किन हो किन मुलधारका सञ्चार कर्मीलाई युटुब र लाई फुटेको आँखाले पनि देख्न सक्दैनन् । चाहँदैनन् । मलाई लाग्छ यो इर्ष्या हो दम्भ हो । कुण्ठा पनि हो । भर्खर प्रयोगमा आएका यस्ता माध्यम हरुलाई मुलधारका सञ्चार कर्मीलाई स्वीकार्नु पर्छ । आज अपरिपक्क छन् भोलि परिपक्क हुन्छन् भोलिका लागि सूचना र मनोरञ्जनको लागि भरपर्दो माध्यम बन्दछन् जिम्बेवार बन्दछन् ।

भाग्य न्यौपानेलाई झण्डै २ मिलियन ले हेर्दा रहेछन् । कुनै मुलाधरेलाई मन नपरेर हुन्छ र ? जनताले मन पराएको मान्छेलाई चिन्दा पनि चिन्दीन हेर्दा पनि हेर्दिन भनेर ढोंग गरेर हुँदैन । एउटा दुइटा गल्ती सबैका हुन्छन । त्यत्रो मान्छेलाई सहयोग गरेर त्यत्रो मान्छेको प्रिय भएको मान्छेका विषयमा मूल धारले कहिल्यै नलेख्ने । कहिल्यै नबोल्ने । अनि जब उसको एउटा गल्ती हुन्छन् अनि १२ हात जति लामो आर्टिकल लेख्ने त ! भाग्य न्यौपाने पपुलर रहेछ भन्ने कुरा उसले एउटा गल्ती गर्दा मात्र थाहा भयो ?

उसले त्यत्रो फलोअर्स कसरी कमायो भन्ने बारे पनि सोच्नु पर्ला नि ! शिशिर भण्डारी किश्ण कडेल त्यसै लोक प्रिय भएका होइनन् यिनीहरूले धेरैको जीवन बदलिदिएको पनि छन् ।