पुष्प दिदीलाई यती माया भन्छ्न हामी मामुको आफ्नै छोरी हो – दिदिलाई उठ नारी भन्दै यस्तो गीत गाए…. (भिडियो)


बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो । तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।

जसमा बालगृहका बालबालिकाहरुले आफुहरुलाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन् । लाइट नेपाल नामको युट्युव च्यानलका युट्युवरले गरेको प्रश्नमा उनीहरुले आफुहरुलाई पुष्पा आमाको निकै माया लाग्ने गरेको बताएका छन् । सबैभन्दा बढी माया कसको लाग्छ ? भनेर प्रश्न गर्दा उनीहरुले भनेका छन्, पुष्पा आमाको । उनीहरुले बालगृहमा आफुहरुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् ।

पुष्पालआमाले पनि आफुहरुलाई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफुहरुलाई अरु माया गर्ने आमासंग लगिदिने भनेको पनि उनीहरुले बताएका छन् । ‘भाग्य सरले हामीलाई पुष्पा आमाले माया गर्नुभयो भने बस होइन भने म अरु माया गर्ने आमाको घरमा लगिदिन्छु । यो संसारमा अरु पनि माया गर्ने धेरै आमा छन् भन्नु भयो’ उनीहरुले एकै श्वरमा भनेको भिडियोमा सुन्न सकिन्छ ।

काठमाडौं कपनको केयर बालगृहमा रहेका यि ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा रहेकी महिला गर्भावस्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बालगृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधिकारीले वेवारिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् ।

बेवारिसे बच्चा फेला परेको र आफुले संरक्षण गरेको भन्दै मिडियावाजी गरेपछि विवादित भएको सो बालगृहवाट सबै बालबालिकालाई उद्दार गरिएको हो । बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखार बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उनले चार वर्ष अघि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् ।एक वर्ष यत यस्तै युट्युवरहरुको सहयोगवाट रकम पनि संकलन भएको थियो । उनलाई बच्चा देखाएर पैसा उठाउने धन्दा गर्न लागेको आरोप लागेको छ । तर उनले विदेशमा ब ला त्कृ त भएर गर्भवती अवस्थामा आएकी महिलार्ला सामाजिक लाञ्छनावाट बचाउन आफुले यस्तो गरेको बताएकी छन् ।