उपराष्ट्रपतिले राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम विदाई, सर्बेन्द्र खनाल देखि कृष्ण कंडेल सम्म पुगे…..(भिडियो सहित)


राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले शोक वक्तव्य जारी गर्दै नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि घिमिरेको मंगलबार साँझ भएको दुःखद निधनले स्तब्ध भएको बताएका हुन् । पुनले दिवंगत राष्ट्रकवि घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै उनका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । कतिपय मानिस भौतिक रुपमा विदा हुन्छन्, तर आफ्नो कर्म, राष्ट्र तथा मानव जातिका लागि गरेका योगदानका कारण अजर अमर रहन्छन्,’ पुनले भनेका छन् । ‘राष्ट्रकवि घिमिरेलाई भौतिक रुपमा विदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको छ । राष्ट्रलाई दिनुभएको अमूल्य साहित्य सृजना तथा राष्ट्रका लागि पु¥याउनुभएको उच्च योगदानले भने उहाँ सँधै सँधैका लागि बाँचिरहनु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । उनमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अंगाल्दै उनले जीउनु भएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जली हुने पुनको भनाइ छ ।