नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको म्याद सकिन २० दिन बाँकी छँदै मंगलबार उनको पुनर्नियुक्तिको हौवा चलाएर सामाजिक सञ्जालमा बधाईको ओइरो नै लाग्यो । भदौ २९ गतेसम्म प्राधिकरणको नेतृत्वमै रहने कुलमानका पक्षमा समयभन्दा पहिले नै गरीएको अनावश्यक प्रचारप्रसार गलत भएको भन्दै उनी आफैंले खण्डन गरीसकेका छन् ।
आफ्ना नाममा गलत आईडी बनाएर भ्रम फैलाइएको भन्दै घिसिङले आफ्नो आधिकारीक फेसबुक अकाउण्टमार्फत सूचित गर्नुप-यो । तर जुन चर्चा कुलमान समर्थकका नाममा फेसबुक र ट्वीटरमा भाइरल बनेर फैलियो, त्यसले उल्टै उनको पुनर्नियुक्तिको सम्भावनामा नकारात्मक असर गर्ने देखिन्छ । ४ वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका एमडी मुकेश काफ्लेलाई आधा कार्यकाल बाँकी छँदै आएको नयाँ सरकारले हटाएर प्रचण्डको रोजाईमा कुलमानलाई ल्याइएको थियो ।
तत्कालीन उर्जामन्त्री जनार्दन शर्मासंग सम्बन्ध सौहार्दपूर्ण बनाउन नसकेका कुलमानको अहिलेका उर्जामन्त्री वर्षमान पुनसंग पनि खासै राम्रो सम्बन्ध बन्न सकेन । लोडसेडिङबाट देशलाई मुक्त गराएको जस आफू एक्लैले लिन खोजेको , कतिपय विषयमा मन्त्रीसंग सरसल्लाहभन्दा पनि आफ्नै स्वविवेकले चल्न खोजेको आरोप उनीमाथि छ । जनार्दन शर्माका पालामा प्रचण्डले रुचाइएका घिसिङ आजको दिनमा त्यो अवस्थामा कायम रहन सकेका छैनन् ।
पार्टीभित्र प्रचण्डलाई हरहमेशा जटील परिस्थितिमा साथ दिंदै आएका उर्जामन्त्रीले नरुचाएपछि प्रचण्ड पनि उनको बचाउमा नलाग्ने पक्का छ । आफूले अघि सारेका विद्युत प्रशारण लाईन बिस्तार तथा भारत र बंगलादेशमा विद्युत निर्यातका लागि कुलमान आफैं अर्को एक कार्यकाल प्राधिकरण बस्न चाहन्छन् । तर जसले विगतमा नियुक्त गरेर गुन लगायो, उनीहरुकै चित्त दुखाएपछि उनको निरन्तरतामा गम्भीर प्रश्न चिन्ह खडा भएको हो । उर्जा मन्त्रालय निकट श्रोतका अनुसार कुलमानको पदावधि नथपिने निश्चित भैसकेको छ । कुलमान देशको हिरो हो,ओलीको बेलैमा बुद्धि पुगोस् ! कुलामनालाई हटाउन खोज्दा सडकका जनता जंगिए…हेर्नुहोस् भिडियो….
प्रतिक्रिया