“हजरिया सेवा समाज”ले चयन गर्‍यो अशोक कार्कीको नेत्रित्वमा २१ कार्यसमिती


बिभिन्न पेसा र कर्म थलोका रुपमा राजधानिमा बस्दै आयका सर्लाही हजरिया बासीहरुको संगठन हजरिया सेवा समाजको वार्षिक साधारण सभा शनिबार काठमान्डौमा सम्पन्न भयको छ ।

कृष्णभोग पार्टि प्यालेस बानेश्वरमा भयको साधारण सभाले राष्ट्रिय स्तरको खेल क्षेत्रमा बिसिस्ठ योगदान पुर्‍यायका तीन जना खेलाडिलाई सम्मान गर्नुका साथै अशोक कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिती मन्डल समेत चयन गरेको छ ! सम्मानित खेलाडिहरु कराते तर्फबाट काश्य पदक प्राप्त गरेका लेखनाथ मैनाली र रिता कार्की अनी रजत पदक प्राप्त गरेका गंगाराम कुश्वार पनि हजरिया बासी नै हुन ।

नब निर्बाचित कार्यसमितिमा रमेश वाग्ले,रेबिका गिरी,कौशल खड्का र नरेस थापा गरी ४ उपाध्यक्ष तथा सचिबमा फिरोज खड्का, सह सचिबमा पत्रकार नबिन गिरी कोसाध्यक्षमा सन्तोष पोखरेल रहेका छन ! त्यसैगरी सदस्यहरुमा नबिन थापा,गायक शिव परियार,लोकेन्द्र लाल कर्ण रचु कार्की सन्तोष स्याङ्ताङ, सुमन पन्त, बिष्णु पौडेल, राजेश गुप्ता, गंगाराम कुशवार, लक्ष्मी दाहाल, निराशा थापा, र प्रशान्त सिंह रहेका छन । बिभिन्न कारणले राजाधानिलाई कर्मथलो बनाउदै आयका हजरियाबासीहरु यो संगठनले राजधानिमा रहदा आईपर्ने हरेक समस्यामा आफ्ना सदस्यहरुको निम्ती लड्दै आयको छ भने वार्षिक रुपमा बिभिन्न कार्यक्रमहरु समेत गर्दै आयको छ २०६३ सालमा स्थापना भयको यो संगठनमा ५०० बढी सदस्यको आबद्दता रहेको छ।

“हजरिया सेवा समाज”ले चयन गर्‍यो अशोक थापाको नेत्रित्वमा २१ कार्यसमिती