धुर्मुश र सुन्तलीले क्रिकेट रंगशाला निर्माणमा कुनैपनि अनियमितता नभएको र दाताहरुको रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन् । उक्त परियोजना निर्माणमा अनियमितता भएको भन्दै हिजोमात्रै अख्तियारमा उजुरी परेको छ । त्यसको भोलिपल्ट आज उनीहरुले धुर्मुश सुन्तली फाउण्डेशनको नाममा एक अपिल सार्वजनिक गर्दै यस्तो दाबी गरेका छन् ।
अपिलमा भनिएको छ,”सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।”
https://www.facebook.com/dhurmussuntalifoundation/posts/1835158896683053














प्रतिक्रिया