काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्। यस्तै, काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो।देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्।














प्रतिक्रिया