मन्त्री झाँक्री एक्शनमा: सडकमै चलाइन डोजर – यो के गरेको भन्दै चर्काचर्की …..(भिडियो सहित)


शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिनुभएको छ । बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समाग्री राख्दा दोहोरो आवतजावतमा कठिनाई भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिनुभएको हो । मन्त्री झाँक्रीको निर्देशन पछि केहि स्थानमा रहेका निर्माण सामग्रीलाई डोजर लगाएर काठमाडौं महानगरले हटाएको थियो ।

त्यस्तै उहाले जथाभावी पार्कीङ र फुटपाथका पसल पनि हटाउन निर्देशन दिनुभयो । मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सहज रुपमा सवारी आवतजावत हुनुपर्ने भन्दै अतिक्रमण भएका फुटपातलाई खाली गराउने बताउनुभयो । त्यस्तै उहाले फुटपात ओगटेर बिद्युत प्राधिकरणले बनाएको संरचनालाई पनि हटाउन छलफल सुरु गर्ने स्पष्ट पार्नुभयो ।मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि सडक र फुथपातलाइ खाली गर्न नियमित अनुगमन गर्ने बताउनुभयो ।