Logo

पशुपतिमा गिद्दे नजर लाउनेको भलो हुँदैन : मन्त्री आले (भिडियो सहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिनाथको धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका छन् । शिवरात्रिको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको बताए ।

उनले भने,‘आज हामीसँग धर्मशाला भइदिएको भए भारतबाट आएका साधु-सन्त बस्न पाउथे । बतासको अल्पकालीन आदेश खारेज भइसकेको छ । जसले पशुपतिमा गिद्दे नजर लगाउँछ उसको कहिले पनि भलो हुँदैन । हामी छिट्टै सम्पत्ति फिर्ता ल्याउछौं ।’

 

प्रतिक्रिया दिनुहोस्