प्रकाश सुवदीले दिए यस्तो स्पष्टीकरण – पल बारे, बोलेको आरोप थियोे (भिडियो सहित)


चर्चित अभिनेता पल शाह अहिले कर णी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका छन् । कर णीको अर्को अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धान भैरहेको समाचार आएका छन् । प्रहरी अनुसन्धानको क्रममा उनी निर्दोष देखिए अदालतमा मुद्दा दर्ता हुनेछ । उनी कसुरदार हुन् वा होइनन् भन्ने अदालतले निर्णय गर्ने विषय भयो । कसुरदार देखिए भने प्रचलित नेपाल कानुन अनुसार सजाय पनि अदालतबाट निर्धारण हुने नै छ । निर्दोष सावित भए पुनः नेपाली कला क्षेत्रमा संलग्न होलान् ।

पल शाह प्रकरणमा पीडित बालबालिकाको गो’पनीयताको हकको हनन भएको भनी आलोचना समेत भैरहेको छ । केही कलाकर्मीहरूले यस प्रकरणमा बालिकाले आफ्नो सत्यतथ्य बाहिर ल्याउन वा राख्न नसकेको हुँदा शंका गर्नुपर्ने ठाउँ रहेको भनी सतही टिप्पणी गरेको समेत देखिन्छ । मूलधारका सञ्चारमाध्यममा समेत पीडितका विभिन्न पक्ष उल्लेख गरी समाचार प्रकाशन/प्रसारण भैरहेको अवस्था पनि छ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको चरित्रमा आ’घा’त पार्ने र निजलाई लाज, ग्लानि वा अपहेलना हुने किसिमको व्यक्तिगत सूचना, विवरण, फोटो, मिडियाको सिर्जना, सूचना संकलन, प्रकाशन, मुद्रण, प्रदर्शन, बिक्रीवितरण वा कुनै पनि माध्यमबाट प्रवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ ।

१६ वर्ष भन्दा कम रहेको अवस्थामा पीडितसँग प्रतिवादीले विवाद गरेको वा करणीको लागि सहमति जनाएको भन्ने जस्ता तर्कले कानुनी मान्यता प्राप्त गर्न नसकेको भनी व्याख्या भएको छ । पछिल्लो समय विवाह गर्ने सहमतिमा कर णी हुने तर विवाह नगर्ने वा नहुने भएपछि जाहेरी दिने गरेको भन्ने तर्कहरू पनि आएका छन् । प्रहरी अनुसन्धान तथा अदालतमा दायर भएका वा फैसला भएका मुद्दाले पनि यसतर्फ संकेत चाहिं गरेकै देखिन्छ । मुलुकी अपराध संहिताले श्रीमतीको सहमति बेगर गरेको करणीलाई समेत कर णीको रूपमा लिएको छ । यसै क्रममा रजतपट कार्यक्रम संचालक प्रकास सुवेदीले पल शाह र गायिकालाई बारे बोलेको कुरालाई स्पस्टिकरण दिएका छन् । उनले पिडित गायिका र हिरासतमा रहेका पलको बारेमा के भनेका थिए र कसरि भयो विवाद ?