त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनल खेल आज पपुवा न्युगिनी(पीएनजी)सँग खेलिरहेको नेपाललाई तेस्रो, चौथो र पाँचौ झट्का लागेको छ।
नेपालका लागि आशिफ शेख २९ बल खेल्दै २९ रनमा क्याच आउट भएका हुन्। भने त्यस्तै आरिफ शेख शून्य रनमा आउट भएका हुन्। यस्तै दिलिप नाथ पनि शून्य रनमा आउट भए।यसअघि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल २२ बल खेल्दै २५ रनमा र रोहित पौडेल २ बल खेल्दै २ रनमा क्याच आउट भएका हुन्।
टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल ताजा अवस्थामा ११.३ ओभर खेल्दै ८२ रनमा रहेको छ। नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइन प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो।
प्रतिक्रिया