काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई सूर्य चिन्हबाट चुनाव लड्न आग्रह गरेका छन् । ललितपुरमा आयोजित एमालेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विप्लवलाई सूर्य चिन्हबाट लड्न आह्वान गरेका हुन् ।
उनले भने, ‘विप्लव जीले पार्टी दर्ता गर्नुभएन । निर्वाचन आयोगले समय दिँदा पार्टी दर्ता गर्नुभएन । विप्लवजीलाई जनताले अलिक इमान्दार नेताका रुपमा बुझ्छन् । तपाई लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । चुनाव पर सार्नका लागि विप्लवलाई मतियार बनाइँदैछ । या त चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपमा लाग्नुपर्छ । तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन्, सूर्य चिन्हबाट चुनाव लड्नुस् ।’
प्रतिक्रिया