Logo

२४ घण्टा नबित्दै मेयर बालेन साह फिल्डमा – गरे नुवाकोटको डम्पिङ क्षेत्रको अनुगमन….(भिडियो सहित)

मेयर बन्नेको २४ घण्टा नबित्दै नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्