काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् ।
अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।
अजरबैजानमा हुने कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एंव महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया